site stats
देश
चरेससहित धादिङको गजुरीका एकजना पक्राउ

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८, सुत्केरीढुंगाबाट ३४ किलो ५०० ग्राम चरेससहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८, किरानचोकका ३२ वर्षीय बीरबहादुर तामाङ रहेका छन् । 

NMB Bank
Dabur nepal
Agani Group

गोप्य सूचनाको आधारमा लागू औषध ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँमा चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । 

सोमबार पनि धादिङको थाक्रे गाउँपालिका–२, समनटारबाट ८ किलो ५ सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की लक्ष्मी पुरीलाई प्रहरीले पक्राउ गरेको थियो ।  
 

Global bank

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  ११:१९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय