
काठमाडौं । नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ले रिलिजको तीन दिन अगाडि नै प्रिमियर गरेको छ । काठमाडौंमा मंगलबार साँझ गरेको प्रिमियरमा उपस्थित कलाकारले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् ।
अधिकांश कलाकारले चलचित्र राम्रो लागेको बताएका छन् । जितु नेपाल मुख्य भूमिकामा रहेको चलचित्रको प्रिमियरमा हास्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरेलगायत कलाकारले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिए ।
दीपकराज गिरीले जितुले जे गरे पनि आफूलाई राम्रो लाग्ने भन्दै चलचित्र राम्रो रहेको बताएका थिए । दीपाश्रीले प्रतिक्रिया दिँदा जितु भावुक बनेका थिए ।
केदार घिमिरेले चलचित्र आफूलाई असाध्यै राम्रो लागेको प्रतिक्रिया दिए । उनले सामाजिक सञ्जालमार्फत पनि शुभकामना दिएका छन् ।

जितुसँगै मुख्य भूमिकामा साम्राज्ञी आरएल शाह छिन् । डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र यही शुक्रबार रिलिज हुँदै छ ।