साहित्य
कविता
आँसु

अर्जुन दाहाल
ए आँखाको नानीमा आएर बसेका
र खस्न प्रयासरत आँसुका थोपाहरू,
किन खस्न चाहन्छौ ?
तिमी खस्दा
म छोरामान्छेको इज्जत जान्छ
देख्नेलाई हाँसो हुन्छ
बुझ्नेलाई रमिता हुन्छ
नबुझ्नेलाई चासो हुन्छ
अनि, मलाई गलाको पासो हुन्छ
त्यसैले ए आँसुका थोपाहरू
आँखामा नै लुकेर बस ।
प्रकाशित मिति: शनिबार, माघ २१, २०७९ १०:०९
प्रतिक्रिया दिनुहोस्