देश
काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू देखियो


काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ । पशु सेवा विभागका अनुसार ललितपुरको खुमलटार, काठमाडौंको रामकोट र तारकेश्वरका व्यावसायिक फार्ममा पालिएका कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।
संक्रमित कुखुराको यकिन संख्या भने आउन बाँकी रहेको विभागले जनाएको छ । यसअघि पछिल्लो पटक २०७८ मंसिरमा काठमाडौं उपत्यकासहित देशभरका १३ जिल्लामा बर्डफ्लू संक्रमण फैलिएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९ १६:१२
प्रतिक्रिया दिनुहोस्