site stats
अर्थ व्यवसाय
प्रतिलिटर तीन रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । 

निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

S.A.U
Agani Group

वृद्धि गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ । निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, "अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।"

No description available.

Global bank

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २१:२१
प्रतिक्रिया दिनुहोस्