site stats
अर्थ व्यवसाय
प्रविधिको प्रयोगले सेवा लिन सहज भएको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको प्रयोगले सेवा लिन र दिन सहज र सरल हुने भएकाले यस क्षेत्रको विकासमा निरन्तर लागि पर्ने बताएकी छन् ।  

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघद्वारा आयोजित २८ औ संस्करणको  क्यान इन्फोटेकको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले सेवा प्रवाहको काममा प्रविधिको प्रयोग गर्न सकेको खण्डमा सेवा सजिलो र सहज हुने बताएकी छन् । 

S.A.U
Agani Group

“सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुनेगरेको अनियमितता पनि कम हुन्छ,” मन्त्री शर्माले भनिन्, “यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्ने छ ।” 

उनले आजको युग सूचना प्रविधिको युग भएकाले सूचना प्रविधिको कारणले आज विश्व एउटा हत्केलामा अट्ने भएको बताइन् । जसका कारणले यसको महत्व दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ ।

Global bank

आफू मन्त्री भएको एक महिना पुग्न लागेको भन्दै उनले सूचना प्रविधिको क्षेत्रबाट महत्वपूर्ण काम गर्न सक्दा रहेछौं भन्नेबारे थप जानकार हुँदै गएको बताइन् । प्रविधिको प्रयोगले राजस्व बच्ने तथा राजस्वबाट अरबौ रकम बाहिरिने काम रोक्न ठूलो योगदान गर्ने उनको दाबी छ ।

राज्यको उच्च प्राथमिकतामा रहेर प्राविधिक जनशक्ति तयार गर्ने र यस क्षेत्रलाई अगाडि बढाउन नसकेको उनले बताइन् । थुप्रै डेटा सेन्टर र प्रविधि सेन्टर भए पनि त्यसको मुख्य नियन्त्रक हाम्रो हातमा नभएको उनले बताइन् । यसले हामीलाई असर गर्ने कुरामा दुईमत नभएको उनले बताइन् । 

सूचना प्रविधि क्षेत्रलाई शिक्षा, कृषिलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ । 

नेपाल सरकारले सूचना क्षेत्रमा गर्ने लगानीको बारेमा छलफल गर्न आवश्यक रहेको पनि उनले बताइन् । मन्त्रालयको हैसियतले यस क्षेत्रमा अध्ययन गरेर अगाडि बढ्ने र कानुन संसद्मा पारित गर्ने उनले बताइन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्