site stats
देश
प्रधान सेनापति र स्विट्जरल्याण्डका राजदूतबीच भेटघाट
S.A.U
Agani Group
Global bank

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र स्विट्जरल्याण्डका महामहिम राजदूत एलिजाबेथ भोन क्यापेलरबीच भेटवार्ता भएको छ । 

प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा आज भेटवार्ता भएको हो । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्