site stats
राजनीति
प्रदेश १ को न्यूनतम साझा कार्यक्रम तयार, मस्यौदा मुख्यमन्त्रीलाई बुझाइयो 

विराटनगर । प्रदेश १ सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा मुख्यमन्त्री हिक्मत कार्कीलाई हस्तान्तरण गरिएको छ ।

प्रदेशका पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहित मस्यौदा समितिका सदस्यले मंगलबार मुख्यमन्त्री कार्कीलाई मस्यौदा हस्तान्तरण गरेका हुन् ।

S.A.U
Agani Group

मस्यौदा बुझ्दै मुख्यमन्त्री कार्कीले सरकारबाट प्राप्त कार्यजिम्मेवारी समयमै पूरा गरेकोमा समितिका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिएका थिए ।

समितिमा नेकपा (एमाले), माओवादी केन्द्र, राप्रपा र जसपाका प्रदेशसभा सदस्य तथा दलका नेताले संयुक्त कार्यक्रमको रुपरेखा तयार गरेका थिए । यसमा दीर्घकालीन राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ तथा प्रदेश १ को वस्तुगत लक्ष्य ‘स्वच्छ, सुखी, समुन्नत प्रदेश’ प्राप्तिका १९ वटा मुख्य प्राथमिकता तोकेको बताइएको छ ।

Global bank

मस्यौदामा प्रदेशको नामकरण गर्ने, सम्बन्धित मन्त्रालय, आयोग, निर्देशनालय तथा कार्यालयहरूको आवश्यक प्रशासनिक संरचना (भौतिक संरचना) निर्माण गर्ने, संघीय सरकारमातहतका निकाय र संवैधानिक अधिकार प्रदेश मातहत ल्याउने उल्लेख गरिएको छ ।

पाँच वर्षमा हालको कूल गार्हस्थ्य उत्पादन सात खर्ब ६३ अर्बमा ७० प्रतिशत वृद्धि गरी १२ खर्ब २० अर्ब पुर्‍याउने लक्ष्य लिनुका साथै नयाँ प्रदेश गौरवको आयोजनाहरू सुरु गर्ने, प्रदेशको रैथाने कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने, सूचना तथा संचार क्षेत्रलाई व्यवस्थित गर्न संचार कानुन निर्माण गर्ने लगायत उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १९:३९
प्रतिक्रिया दिनुहोस्