site stats
खेल
राष्ट्रिय महिला टिमका आठ खेलाडीलाई चन्द्रपुर नगरपालिकाको नगदसहित सम्मान

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाले नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट खेल्ने आफ्नो नगरपालिकाभित्रका खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

नगरपालिकाले शनिबार राष्ट्रिय टिमबाट खेल्ने आफ्नो नगरभित्रका आठ खेलाडीलाई जनही १५ हजारसहित सम्मान गरेको हो ।

S.A.U
Agani Group

नगरपालिकाले राष्ट्रिय टिमका रेनुका नगरकोटी, रश्मी कुमारी घिसिङ, समीक्षा घिमिरे, अनिता केसी, अञ्जना रानामगर, पुनम जर्घामगर, निशा थोकर र मञ्जली कुमारी योञ्जनलाई नगदसहित सम्मान गरेको हो । नगरपालिकाले खेलाडीहरू नगरपालिकाको शानको रूपमा रहेको भन्दै सम्मान गरेको हो ।

गत भदौमा घरेलु मैदानमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाली टिमले फाइनलसम्मको यात्रा तय गर्दा रौतहटका सात खेलाडीले टिमको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टिमको कप्तानसमेत रहेकी रेनुका भने चोटका कारण टिमबाट बाहिर थिइन् ।

Global bank

महिला फुटबलका लागि उर्वर भूमिको रूपमा रहँदै आएको रौतहटको चन्द्रपुर नगरपालिकाका दर्जनौँ खेलाडीले राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

No description available.

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्